२३ कार्तिक २०८३, सोमबार

‘सबै समस्या समाधान गछौँ, एकाध दिन पर्खनुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Topbahadur Rayamajhiकाठमाडौं, २६ मंसिर । उपप्रधान एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले मुलुकलाई परेको ऊर्जा सङ्कट समाधानका लागि सरकार योजनाबद्ध रुपमा अगाडि बढ्ने सोचमा रहेको र आवश्यक तयारी गरिरहेको जानकारी गराउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै प्राधिकरणमा परेको समस्या समाधान गर्न आफूले सुत्रबद्ध प्रयत्न गरेको र एकाध दिनभित्रै खास कार्ययोजना आउने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, ‘एक वर्षभित्र विद्युत् भार कटौतीको अन्त्य गर्ने योजनालाई पूर्णता दिन प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभएको छ । सोही निर्देशनअनुसार काम भइरहेको छ । केही दिनभित्रै ऊर्जा सङ्कटकाल समेत घोषणा हुन्छ ।’