२३ कार्तिक २०८३, सोमबार

मधेसमा सशस्त्र आन्दोलनको तयारी, मधेसी मोर्चाको माग पुरा नगर्न सरकारलाई चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chure

– शशी देवकोटा
सर्लाही, २५ मंसिर । चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्रिप्रसाद न्यौपानेले चुरेभावर प्रदेश कायम गराउन हतियार उठाउन समेतपछि नपर्ने चेतावनी दिएका छन् ।

सर्लाहीको हरिवनमा शुक्रबार दिउँसो आयोजित विरोध प्रदर्शन कार्यक्रममा अध्यक्ष न्यौपानेले सरकारले चुरे भावरसँग गरेको नौ बुँदे सहमतिलाई वेवास्ता गरे स्वाभिमान र राष्ट्रियताको लागि सशस्त्र आन्दोलन गर्न समेतपछि नहट्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष न्यौपानेले नेपाल सरकारले प्रमुख राजनीतिक दलहरुसँग विगतमा सम्झौता गरेका पार्टीहरुलाई वार्तामा राखेर सीमांकनको विषय टुंग्याउनुपर्ने धारणा ब्यक्त गरे ।

Chure-1

चुरे भावरको आन्दोलनको कारण मधेसी मोर्चाको आन्दोलन तुहिन लागेको तर्क ब्यक्त गर्दै अध्यक्ष न्यौपानेले भारतको ईसारामा नाचेर राष्ट्रियता विरोधी कार्य गर्ने जो कोहीलाई पनि चुरे भावरले नछोड्ने चेतावनी दिएका छन् । उनले भारतीय सुरक्षाकर्मीले गोली हानी चार जना नेपालीलाई घाईते बनाउँदा केही नबोल्ने मधेसी मोर्चाका नेताहरुको सोझा मधेसी जनताको बलिदानमा तराई भू भागलाई भारतको विहारसँग मिसाउन खोज्ने चाल रहेको शंका ब्यक्त गरेका छन् ।

अध्यक्ष न्यौपानेले जुन सुकै पार्टिमा लागेका भए पनि चुरे भावर प्रदेशको माग गर्न सम्पूर्ण भावरवासी एक जुट भएर लाग्न आव्हान समेत गरेका छन् । उनले पहिलो चरणको शान्तिपूर्ण आन्दोलनलाई सरकारले वेवास्ता गरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

चुरे भावर पार्टिले नौ बुँदे सहमति अनुसार चुरे भावर प्रदेश कायम गर, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई अक्षुण राख, भारतीय नाकाबन्दी तुरुन्त फिर्ता गर र जातिय सद्भाव कायम गर् लगायतका नारा लगाउँदै प्रदर्शन गरेको छ ।