२३ कार्तिक २०८३, सोमबार

‘भारतीय विदेशमन्त्री स्वराजले नेपालविरुद्ध बोल्न कूटनीतिक मर्यादा नाघिन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pasupati-samser-ranaभक्तपुर, २५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले मधेस आन्दोलनको समस्या लिएर मधेसकेन्द्रित नेताले भारत गुहार्नु गलत भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसको समस्या समाधान भारतसँग नभई नेपालमै खोज्नुपर्नेमा जोड दिनुभयो ।

नेता राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका मामलामा कूटनीतिक मर्यादाभन्दा बाहिर गएर बोल्ने गरेको आरोप पनि लगाउनुभयो । रासस