१ कार्तिक २०८३, शनिबार

सांसदहरूलाई छानीछानी भारतीय दूतावासमा मासु र भात (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit rea– विमल योगी

काठमाडौं, २४ मंसिर । नेपालका लागि भारतीय राजदूत रणजित रायले सत्तारुढ र विपक्षी दलका सांसदहरूलाई आज लैनचौरस्थित दूतावासमा बोलाएर दिवाभोज खुवाएका छन् ।

परराष्ट्रमन्त्री कमल थापा र आन्दोलनरत मधेसी मोर्चाका नेताहरु नयाँदिल्ली भ्रमणबाट फर्किएलगत्तै नेपालका लागि भारतीय राजदूत रायले कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका साथै स्वतन्त्र सासंसदहरूलाई राजदूतावासमा बोलाएर दिवाभोज खुवाएका हुन् ।

भोजमा सहभागी भएर फर्किएका एक सांसदका अनुसार, राजदूत रायले झण्डै दुइदर्जन सांसदहरूलाई दूतावासको चौरमा टेन्ट टाँगेर खानाको व्यवस्था गरेका थिए । पाहुनाका लागि राजदूत रायले विभिन्न परिकारहरू सजाएर राखेको स्रोतको भनाइ छ ।

दिवाभोजका क्रममा केही सांसदहरूले राजदूत रायसँग अनौपचारिक भलाकुसारीसमेत गरेका थिए । त्यसक्रममा राजदूत रायले छिटोभन्दा छिटो नेपालको समस्या मिलाउन सुझाव दिएका थिए ।

भारतीय राजदूतावासमा भोजखान एमालेका सांसद सुरेन्द्र पाण्डे, नागेन्द्र चौधरी, एमाओवादीका रविन्द्रप्रताप शाह, जनकराज जोशी, प्रभु साह कांग्रेसका नेता विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, अमरेशकुमार सिंह, गणेश मण्डल, रामअयोध्याप्रसाद यादव, राप्रपा नेपालका दिलनाथ गिरी, राप्रपाका दीपक बोहोरा, संघीय समाजवादी फोरमका शिवजी यादव, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण र स्वतन्त्र सांसद अतहर कमाल मुसलमान पुगेका थिए ।