– विमल योगी
काठमाडौं, २५ मंसिर । डिभी र पिआरधारी कर्मचारीलाई कारवाही गरेर चर्चामा आएका पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एउटा गल्ति गरेको खुलासा भएको छ ।
जानेर हो वा नजानेर सत्तारुढ दल नेकपा एमालेका नेता समेत रहेका पण्डितले सामान्य प्रशासन मन्त्रालयको गाडी फिर्ता गरेका छैनन् । सामान्यतया सरकार छाड्ने वित्तिकै मन्त्रालयको सरकारी गाडी फिर्ता गर्नुपर्ने परम्परा रहेको छ । त्यसैपनि नैतिकताका आधारमा सरकारी गाडी फिर्ता गर्नुपर्छ । तर, साइकल चढेर प्रख्याती कमाएका तथा साइकल मन्त्री समेत भनेर चिनिएका पण्डितले नै मन्त्रालयको सरकारी गाडी फिर्ता नगरेको खुलासा भएको हो ।
स्रोतका अनुसार पण्डितले मन्त्री हुँदा चढेको बा १ ज ११५२ नम्बरको बलेरो कम्पनीको सेतो गाडी अहिलेसम्म फिर्ता गरेका छैनन् । स्रोतले भन्यो- ‘सामान्यतया मन्त्री पदबाट हटिसकेपछि नैतिकताका आधारमा पनि गाडी फिर्ता गर्नुपर्छ । लैजानै परेपनि निर्णय गराएर लग्नुपर्ने हो । तर, आफ्नै पार्टीले सरकार चलाएकाले होला अहिलेसम्म फिर्ता गरेनन् ।’












प्रतिक्रिया