१ कार्तिक २०८३, शनिबार

तीन दल र मधेसी मोर्चाबीच १ बजेपछि वार्ता हुँदै, आज ठोस निर्णय पुग्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-party-meetingकाठमाडौं, २५ मंसिर । सरकार, प्रतिपक्षी दल कांग्रेस र मधेसी मोर्चाबीचको वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेपछि सुरु हुँदैछ ।

आजको वार्ताबाट ठोस निर्णयमा पुग्नका लागि तीन दल र मोर्चाले तीव्र आन्तरिक तयारी गरेका छन् ।

चार महिनादेखि सडक आन्दोलनमा रहेको मधेसी मोर्चाले आफ्नो आन्दोलन र नाकाबन्दीलाई खुकुलो बनाउँदै लगेको छ । यही समयमा वार्तालाई ठोस निर्णयमा पुगाउन दलहरूले आन्तरिक गृहकार्य गर्दै आएका छन् ।

प्याकेजमा सहमति खोज्नुपर्ने माग गर्दै आएको मधेसी मोर्चाले संविधान संशोधन गरेर सीमाङ्कनको विषय टुङ्गो लगाउनुपर्ने अडानमा छ ।

मधेसी मोर्चाले झापादेखि कञ्चनपुरसम्मको समथल भूभागलाई दुई वटा संघीय प्रदेश बनाउन माग गर्दै आएको छ । यो माग राष्ट्रहितमा नरहेको भन्दै कांग्रेस, एमाले र एमाओवादीलगायतका दलहरूले मानेका छैन ।

त्यसैगरी विदेशी नागरिकलाई नागरिकता दिने र अंगीकृत नागरिकता लिएकालाई कति अधिकार दिने भन्ने विषयमा पनि दलहरूका बीच विवाद छ ।