२३ कार्तिक २०८३, सोमबार

ओली र प्रचण्डले ‘हुन्छ’ भनेपछि संसद अवरुद्ध नगर्ने प्रतिपक्षी कांग्रेसको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congres Sushil Koirala Niwas– विमल योगी
काठमाडौं, २५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसदको बैठक अवरुद्ध नगर्ने निर्णय गरेको छ ।

आज विहान सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुपर्ने आफ्नो मागमा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘हुन्छ’ भनेपछि संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलका सहयोगी चिरिञ्जिवी अधिकारीका अनुसार संसद बैठकको आजको सूचीमा ओली र प्रचण्डले संविधान संशोधन प्रस्ताव राख्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसको बैठकमै ओली र प्रचण्डले फोनवार्ताबाट यस्तो प्रतिबद्धता जनाएका हुन् ।

यद्यपी संशोधन प्रस्ताव संसदको कार्यसूचीमा नराखिए कांग्रेसले बैठक अवरोध गर्नेछ ।

यसैबीच संविधान संशोधन प्रस्ताव अगाडि बढाउन कांग्रेसले आन्दोलनरत मधेसी मोर्चासँग पनि छलफल गरिरहेको छ । मधेस आन्दोलनका लागि माग पुरा गर्नकै लागि कांग्रेसले संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो ।