काठमाडौं, २५ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदमा सुरु भएको आफ्नो पार्टीका सांसदहरूको अबरोधका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक बस्दैछ ।
अहिले केही समयपछि सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बस्ने बैठकमा संसदमा बिहीबार भएको अबरोध र मधेसी मोर्चासँगको वार्ताका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
आफ्नो सरकारका पालामा दर्ता गराएको संविधान संशोधनसम्बन्धी दुई वटा विधेयकलाई कार्यसूचीबाट हटाएपछि आक्रोशित भएको कांग्रेसले बिहीबारको बैठक अबरोध गरेको थियो ।
कांग्रेसले भूकम्पसम्बन्धी प्राधिकरण विधेयक पारित गर्न आफूले अबरोध नगर्ने जनाएको छ । तर संविधान संशोधनका लागि कांग्रेस, एमाले र एमाओवादीबीच सहमति भइसकेको विधेयक कार्यसूचीबाट हटाएको भन्दै विपक्षी दल कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।
बैठकमा आजको सदनलाई चल्न दिने वा नदिने भन्ने विषयमा ठोस निर्णय हुनेछ । बैठक अहिले दश बजेपछि महाराजगञ्जमा बस्नेछ ।












प्रतिक्रिया