२३ कार्तिक २०८३, सोमबार

पार्टी सरकारमा बस्नुको औचित्य सकियोः प्रमुख सचेतक गिरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dilnath giriकाठमाडौ, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मधेस आन्दोलन र भारतीय नाकाबन्दीको समाधान खोज्न नसक्ने सरकारमा अब पार्टी बस्नुको औचित्य नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले समस्या समाधान नहुने हो भने अब पार्टी सरकारमा बस्नुको औचित्य नरहेको स्पष्ट पार्दै भने,‘ सबै बन्द छ, जनताले दुख पाउँदा कहिले समाधान हुने जिम्मेवारी लिनु पर्छ । यस्तो अवस्थामा सरकारमा बस्नुको नैतिकता रहँदैन । प्रतिपक्ष पनि उम्किन पाउँदैन ।’

उनले २००७ सालदेखिकै निरन्तरता मधेस आन्दोलन भएको भन्दै २०४५ को नाकाबन्दी पनि दलहरुले गरेकोले अहिलेको अवस्था आएको आरोप लगाए ।

उनले नेपाली जनताले अब धेरै दिन पर्खिन नसक्ने भन्दै यस्तै अवस्था रहे जुन शक्तिले नेपालमा गणतन्त्र स्थापित गर्यो त्यसले नै गणतन्त्र र दलहरुलाई असफल बनाउने चेतावनी दिए । उनले भने,‘गणतन्त्र फेल भए राजसस्था आउँछ ।’

गिरीले बलियो प्रजातन्त्रको लागि शुसासन चाहिने र त्यसकोलागि भ्रष्टाचार अन्त्य गर्नु पर्ने भन्दै भ्रष्टाचारीमाथि छानविन भएर कारवाही हुनु पर्ने धारणा राखे । उनले भने– ‘हामी अख्तियारको कामलाई स्वागत गर्छौ त्यसको सम्मान गर्छौ ।’

गिरीले आफूहरु अलग अलग भौगोलिक पहिचानमा नभएको र संघीय नै मुलुकको लागि खराव भएको भन्ने धारणामा रहेको भन्दै अब जनतासँग मत लिनु पर्ने धारणा राखे ।

उनले तीन दलको अहमले गर्दा संविधान विवादरहित नभएको भन्दै आफू अनुकुल हुँदा राष्ट्रबादी र आफू विरुद्ध जाँदा राष्ट्रघात हुने सोच छाड्नु पर्ने सुझाव दिए ।

तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश राय यादवले भारतले जे भन्छ त्यही गर्ने आफूहरु नभएको भन्दै सहमति नहुन्जेलसम्म नाकाको अवरोध खुल्ला नहुने स्पष्ट पारे ।

उनले सरकार लुकेर दिल्ली गएकोमा आफूहरु खुल्ला गएको भन्दै चार बुँदे प्रस्ताव आफूहरुले भारतको विदेश मन्त्रालय र लैनचौरबाट पाउनु के यही हो राष्ट्रीयता र स्वाधिनता भनि प्रश्न गरे । उनले भ्रष्टाचार जुन सुकै दलमा भए पनि कारवाही हुनु पर्ने भन्दै तर कारवाही पूर्वाग्रहको आधारमा भने हुन नहुने तर्क गरे ।