२३ कार्तिक २०८३, सोमबार

त्रिपुरेश्वरमा ड्युटीमा खटिएको प्रहरी टोलीमाथि दिउँसै आक्रमण, २ प्रहरी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, २४ मसिंर । राजधानीको त्रिपुरेश्वरमा ड्युटीमा खटिएका प्रहरीमाथि ३ जनाको समूहले आक्रमण गरेको छ ।

पेट्रोल पम्म डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई हेल्मेट प्रहार गर्ने काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वर बस्ने ५० बर्षीय अरुण बैद्य सहित ३ जनालाई विहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वर स्थित मायाराम भोलाराम पेट्रोल पम्ममा तेल बितरण गर्ने क्रममा २२ गतेको कुपन देखाई जवरजस्ती तेल हाल्न पेट्रोल पम्प भित्र छिर्न खोजेका उनीहरुलाई प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा हेल्मेट प्रहार गर्दा २ जना प्रहरी जवान घाइते भएका थिए ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार घाइते प्रहरीलाई उपचारको लागि काठमाडौँ मोडेल अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।