काठमाडौं, २४ मंसिर । नेकपा एमालेका पोलिटब्युरो सदस्य विजय पौडेलले पदबाट राजीनामा दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको आशंकामा पत्र काटेर छानबिन थालेपछि पौडेलले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको हो । राजीनामा पछि संक्षिप्त प्रतिक्रियामा उहाँले भन्नुभयो- ममाथि अख्तियारले छानविन गरिरहेको छ । अनुसन्धान सहज होस् र पार्टीलाई असर नपरोस् भनेर राजीनामा दिए ।’
नेकपा एमालेबाट पूर्वसभासद समेत रहनुभएका नेता पौडेलले आजै धुम्बाराही पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउनुभएको छ ।
उहाँले राजीनामा पत्रमा लेख्नुभएको छ- ‘ममाथि राज्यको संवैधानिक अङ्गबाट नै छानबिन शुरु भैसकेको हुँदा यसको छिनोफानो नहुँदासम्मका लागि पार्टीको पोलिटब्युरोजस्तो गरिमामय पदमा बसिरहन अनुपयुक्त हुनेहुँदा आजैका मितिदेखि लागू हुनेगरी पोलिटव्युरो सदस्यबाट राजिनामा दिएको छु ।’












प्रतिक्रिया