
काठमाडौं, २४ मंसिर । सरकार, प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच प्रधानमन्त्री कार्यालयमा भर्खरै वार्ता सुरु भएको छ ।
मधेस आन्दोलन र नाकाबन्दी तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल तथा निकास खोज्न प्रमुख चार राजनीतिक शक्तिको बैठक सिंहदरबारमा सुरु भएको हो ।
बैठकमा एमाले, एमाओवादी तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरू सहभागी छन् ।
वार्तामा दलहरूले मधेसी मोर्चाका माग सम्बोधन र नाकाबन्दी खोल्ने प्रयास गरिनेछ ।















प्रतिक्रिया