
काठमाडौं, २४ मंसिर । मधेसी आन्दोलन र नाकाबन्दी तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख चार राजनीतिक शक्तिको बैठक बस्ने भएको छ ।
तीन बजेपछि सिंहदरबारमा एमाले, एमाओवादी तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक बस्ने भएको हो ।
बैठकका लागि सम्पूर्ण तयारी भएको स्रोतले जनाएको छ । वार्तामा दलहरूले मधेसी मोर्चाका माग र नाकाबन्दी खोल्ने एवम् संविधान संशोधनका विषयमा छलफल गर्ने छन् ।












प्रतिक्रिया