
काठमाडौं, २४ मंसिर । नयाँदिल्ली भ्रमणमा गएका मधेसी मोर्चाका नेताहरू काठमाडौं आउनेवित्तिकै वार्ता हुने भनिएपनि अहिलेसम्म वार्ताको कुनै ठोस पहल भएको छैन ।
मधेसी मोर्चाले आफूहरूको आन्तरिक तयारीपछि सरकारी पक्षसँग वार्ता गर्न प्रस्ताव गरेको स्रोतको भनाइ छ । मधेसी मोर्चाले आन्तरिक छलफल गरेपछि सम्भवत आजै बेलुकासम्म वार्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
सद्भावना पार्टीका महासचिव मनीष समुनले वार्ताका लागि सरकारी पक्षबाट बिहानसम्म कुनै जानकारी नआएको बताउनुभयो । ‘हामी वार्ता विरोधी होइनौँ’, उहाँले भन्नुभयो, ‘सरकारी पक्षबाट अहिले बिहानसम्म कुनै जानकारी आएको छैन ।’
प्रधानमन्त्री केपी ओली निकट स्रोतले मधेसी मोर्चासँगको वार्ताका विषयमा अझै ठोस कुनै निर्णय नभइसकेको जनाएको छ ।
तर प्रधानमन्त्रीको निर्देशन आएमा सचिवालयले आजै बेलुकासम्म मोर्चासँगको वार्ता गराउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ ।
मधेसी मोर्चाका एक नेताले आजै बेलुकासम्म वार्ता हुन सक्ने संकेत आफूले पाएको बताए पनि यस विषयमा औपचारिक रुपमा केही बताउनु नसक्ने उल्लेख गरेका छन् ।












प्रतिक्रिया