काठमाडौं, २४ मंसिर । मुलुकको पछिल्लो अवस्था र मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।
सिंहदरबारमा साढे दशबजेपछि बस्ने बैठकमा मन्त्रालयहरूले पेश गर्ने आआफ्ना एजेन्डामा छलफल र निर्णय हुने बुझिएको छ ।
बैठकमा भारतीय नाकाबन्दी र त्यसले दैनिक जीवनमा पुराएको समस्याका विषयमा पनि छलफल हुनेछ ।
मधेसीमा जारी आन्दोलनले गरेको नोक्सानी र सुरक्षा व्यवस्थामा पनि छलफल हुने स्रोतले जनाएको छ ।
भारतीय नाकाबन्दीले इन्धन र दैनिक उपभोग्य सामाग्रीको अभाव हुँदै आएको छ ।












प्रतिक्रिया