क्वालालम्पुर । मलेसियाको नेपाली राजदूतावास र गैह्र आवासीय नेपाली संघ मलेसियाको सम्बन्ध चिसिएको छ ।
अबैध नेपालीलाई घर फर्काउने जिम्मा आफूलाई दिन संघले गरेको प्रस्ताव राजदूतावासले अस्वीकार गरेपछि यि दुई निकायबीचको सम्बन्ध राम्रो बन्न नसकेको हो ।
यसअघि अबैधानिक कामदार घर पठाउने जिम्मा लगाएको कोपरासी बरहार्डले मोटो रकम लिएको भन्दै सम्झौता खारेज गरेको राजदूतावासले अबफेरि अर्को सम्झौता नगर्ने संकेत देखाएको छ ।
मलेसियास्थित राजदूत डाक्टर निरंजनमानसिंह बस्न्यातले गैह्र आवासीय नेपाली संघको प्रस्ताव उपर आफूले कुनै पनि निर्णय लिन नसक्ने स्पष्ट पारेपछि गैह्र आवासीय नेपाली संघ राजदूतावाससंग रुष्ट बनेको हो ।
ठगी नियन्त्रण गर्न राजदूतावास स्वयम सक्रिय नबनेको संघको आरोप छ । राजदूतावासको भवनभित्रै दलालहरुबाट भइरहेको ठगीप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको संघका अध्यक्ष महेन्द्रजंग शाहीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
अहिले घर फर्किरहेका अबैधानिक नेपालीलाई २ हजारदेखि ३ हजार ५ सय आरएमसम्मको मोटो रकम तिर्न बाध्य पारीएको संघका अध्यक्ष शाहीले दाबी गर्दै आईरहेका छन् ।
कोपरासी बरहार्डसंगको सम्झौता खारेज भएको भनिएपनि काम भने हुदै आएको संघले जनाएको छ । संघले १ हजार ३ सय २० आरएममा अबैधानिक तरिकाले मलेसिया बसेका नेपालीलाई घर फर्काउने लिखीत प्रस्ताव अघि सारेको थियो ।
यो प्रस्ताव पारीत भएको खण्डमा ट्राभल डकुमेन्टका लागि राजदूतावासमा बुझाउनु पर्ने १ सय ६० आरएम जोड्दा कुल १ हजार ४ सय ८० आर एममा अबैध नेपाली घर फर्किन सक्ने थिए ।
संघले अगाडि सारेको प्रस्तावलाई मलेसियामा गठित बिभिन्न नेपाली संघसंघठनले समर्थन जनाएका थिए । यध्यपि गैह्र आवासीय नेपाली संघ सेवामुखी संस्था भएकाले नाफा कमाउने काममा अघि बढ्न नहुने मलेसियामा रहेका जानकारको तर्क छ ।
















प्रतिक्रिया