
काठमाडौं, २४ मंसिर । मधेशी जनताको हक, अधिकारप्राप्त गर्न भन्दै ११ जना जननिर्वाचित मधेशी सांसदले यतिबेला दुई सय २९ बढी सभासद्को मत बिपरित मुलुकमा उत्पात मच्चाइ रहेका छन् ।
दुई तिहाई बढी सभासद्को हस्ताक्षरबाट जारी नेपालको संविधानप्रति असन्तुष्टी ब्यक्त गर्दै तराई मधेशका आठ जिल्ला सप्तरीदेखि पर्षासम्म भारतीय सीमामा धर्ना दिएर आफ्नै मातृभूमिप्रति नाकाबन्दी लगाउने ११ जना सांसदको समर्थनमा यतिबेला कांग्रेसका केही कथित बिद्धान नेता लागिपरेका छन् ।
हाल सप्तरीदेखि पर्षासम्म मधेशबादी दलले ११ वटा सिटमा मात्र बिजयी प्राप्त गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
तर, तराई मधेशको करिब ४९ प्रतिशत जनसाख्याको ठेकेदारी लिएर आधा मधेश संविधानको बिरुद्ध छ भन्दै मुलुकमाथि नाकाबन्दी गर्दै मधेशी जनतालाई भात पानी खान र औषधीमूलो समेत बन्द गर्ने तिनै मधेशी नेताको समर्थनमा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी र डा. शेखर कोइराला खुलेर लागेका छन् ।
उनीहरु तिनै हरुवा मधेशी नेताको पछि लाग्दै नाकाबन्दी अझ कडा बनाउनु पर्यो भन्दै नयाादिल्ली पुगेका छन् । आफुलाई शान्तिनायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाका सच्चा उत्तराधिकारी भएको दाबी गर्ने डा. शेखर कोइराला यतिबेला भारतीय राजदूतको सल्लाहमा मधेशी नेताको चाकडीमा लागेका छन् ।
गिरिजाप्रसाद कोइराला जीबनको उत्तरार्धमा समेत भारतीयहरुको दयास्वरुप स्वास्थ्य उपचारको सुविधा लिन भारत नजाने बरु स्वदेशमै प्राण अन्त्य गर्न पछि परेनन् ।
उनको राष्टबादी जीबनशैली कतिसम्म थियो भन्ने प्रमाण उनलाई उपचारको लागि भारतले एयर एम्बुलेन्स पठाउादासमेत अस्वीकार गर्दै सिंगापुर गएका थिए ।
तर, गिरिजाप्रसादको उत्तराधिकारी दाबी गर्ने डा. शेखर भने मधेशमा हिंसात्मक आन्दोलन र नेपाली जनतालाई नाकाबन्दी गर्न सीमामारीबाट ढुंगा हान्ने कथित मधेशी नेताको फेर समाउादै नयाादिल्ली पुगेका छन् ।
उनले नेपालको आधा भाग र जनसख्या ओगट्ने मधेशीको माग संविधान संशोधन मार्फत गर्नुपर्ने भन्दै भाषण छााट्दै हिाडेका छन् । डा. शेखरकै पथमा कांग्रेसका अर्का केन्द्रीय सदस्य जो आफुलाई नेपालका एकमात्र समाजबादी नेता ठान्छन, प्रदीप गिरी पनि नयाादिल्ली पुगेका छन् ।
भारतीय शासकको पृष्ठपोषक हुन रुचाउादै नाकाबन्दी भारतले नगरेको भन्दै मधेशबादी दलको पछि लाग्ने गिरीले पनि भारतीय सत्ताका ठालूहरुको ताबेदारी राम्रैसाग गरे ।
उनीहरु नेपाली जनताले भारतले लगाएको नाकाबन्दीबाट खाना बनाएर खान नपाएको र उपचार गर्न नपाएर थलिएको घटनाप्रति कुनैं चिन्ता नभएको खुलमखुल्ला भन्दै हिाडेका छन् ।
गिरी छिमेकी मुलुकलाई चिड्याएर केपी शर्मा ओली नेतृत्वको सरकारले गम्भिर भूल गरेको भन्दै बोल्दै हिाडेका छन् ।
भारतीय सीमामा भारतीय सुरक्षाकर्मीले नेपालतर्फ सवारी साधन छिर्न नदिएको यथार्थलाई आाखा चिम्लिएर भारतीय सरकार रिसाएमा यसले गम्भिर असर पारेको भनेर चिन्ता ब्यक्त गर्दै हिाडेका छन् ।
भारतीय सरकारसाग लम्पसार परेर नेपाल बिरुद्ध नाकाबन्दी लगाउन उक्साउने र आफुलाई राष्टबादी भन्ने मधेशी चारमध्ये तीन हरुवा नेता पनि नयाादिल्लीमा भेटघाटमा ब्यस्त पनि भए ।
आफ्नै मुलुकबिरुद्ध मोर्चाबन्दी गर्न नयाा दिल्ली पुगेका मोर्चाका नेतामध्ये संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादब बाहेकका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादब तिनै जना सर्लाहीमा प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका नेता हुन् ।
चुनाव हारेर पनि महेन्द्र यादब भने पछि मन्त्रीपरिषद् निर्णयबाट सांसद भएका थिए । मधेशको ठेक्का लिएर नयाा दिल्ली पुगेका चार मध्ये तीन जना हरुवा नेताको हैसियत नभएको भन्दै भारतीय उपल्लो सदनमा सांसदहरुले भारतीय सरकारको सातो समेत लिएका थिए ।















प्रतिक्रिया