२३ कार्तिक २०८३, सोमबार

‘नयाँ शक्ति दुई वर्षभित्र देशकै पहिलो पार्टी हुन्छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattrai

गोरखा, २३ मङ्सिर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अगुवाइ गर्नुभएको ‘नयाँ शक्ति’ अभियानमा लाग्नुभएका नेता देवेन्द्र पौडेलले नयाँ शक्ति दुई वर्षभित्र देशकै पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

‘पुराना पार्टीले’ अहिलेको अवस्थाको समाधान गर्न नसक्ने दाबी गर्दै पौडेलले बदलिँदो परिवेशमा देशलाई आवश्यक नेतृत्व प्रदान गर्दै नयाँ शक्ति अभियानले पार्टीको रुप लिने बताउनुभयो ।

आज गोरखामा नयाँ शक्ति उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले “एक वर्षभित्र काँग्रेस, एमाले जस्तै हैसियतमा पुग्ने र दुई वर्षभित्र नेपालकै प्रमुख पार्टी भएर देखाउँछौँ”– भन्नुभयो । नयाँ शक्ति अभियानमा गाउँ गाउँका जनतालाई सहभागी गराउन निर्देशन गर्दै पौडेलले ‘बाबुरामलाई अल्झाउनेको घेरा तोड्न’ आग्रह गर्नुभयो ।

भेलामा उपस्थित अधिकांश सहरबासी

नयाँ शक्तिको गोरखामा आयोजित गोप्य भनिएको भेलाका अधिकांश सहभागी गोरखा घर भई हाल रोजगारीको सिलसिलामा काठमाडौँलगायत देशका विभिन्न सहरमा बसोबास गर्दै आएका छन् । करिब ५०० जना उपस्थित भएको भेलामा गाउँ गाउँबाट पनि पूर्वमाओवादी सहभागी छन् । भेलाले रमेश पोखरेल संयोजक रहनेगरी गोरखामा अभियान चलाउने तयारी गरेको छ । रासस