२३ कार्तिक २०८३, सोमबार

दिल्ली धाउनु मधेसी नेताको सिल्लीपनः खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalnath-khanalचितवन, २३ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आन्तरिक मामिलाका लागि भारतमा गुहार्न पुग्ने मधेसवादी दललाई ‘दिल्ली धाउनु सिल्लीपन देखाउनु’ भएको टिप्पणी गर्नुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले आफ्नो घरभित्रको समस्या हल गर्नसक्ने क्षमता नेपालीमा भएको भन्दै आन्तरिक मामला विदेशीलाई सुनाउनु राष्ट्रघाती चिन्तन भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय र राष्ट्रविरोधी काम भैरहेको भन्दै उहाँले तराईका दलसंग एकआपसमा बसेर छलफल गरेर समस्याको समाधान खोज्न सकिने बताउनुभयो । समस्या समाधानका लागि दिल्ली मात्रै होइन वेइजिङ र पश्चिम पनि धाउनु हुँदैन, देशलाई सवल, समृद्ध, एकताबद्ध बनाएर सार्वभौमसत्तासम्पन्न बनाउनुपर्छ भन्दै उहाँले भन्नुभयो, “विदेश नीतिका सम्बन्धमा हामी नेपालीका बीचमा एकमत हुन जरुरी छ ।” रासस