मकवानपुर, २३ मंसिर । मकवानपुरमा विद्युत ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार विहान हाँडीखोलमा रहेको ट्रान्सफर्मर पड्केर तीन मसिने गाउँभरी करेन्ट फैलिदा घरमा बसिरहेका हाँडीखोला चार बस्ने १७ वर्षकी शर्मिला र अन्दाजी ६० वर्षकी ठूलीमाया मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते अवस्थामा उपचारका लागि ल्याइएका सात जना मध्ये शर्मिला र ठूलीमायाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार गाउँमा अन्य धेरै घाइते परेका छन् । अहिलेसम्म १५ जना घाइते पाइएको छ ।












प्रतिक्रिया