काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले १३औँ महाधिवेशनका विषयमा आन्तरिक तयारी तीव्र बनाएका छन् ।
उनीहरूले महाधिवेशनमा कुन–कुन पदमा कसरी उम्मेदवारी दिने भन्ने विषयमा पनि छलफल चलाएका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाले १३औँ महाधिवेशनमा के गर्ने भनेर स्पष्ट नबोले पनि सभापति पदमा उम्मेदवारी दिन सक्ने नजिकका नेताहरूको भनाइ छ । तर कोइरालाकै नजिकको केही नेताहरू भने दोस्रो तहका नेताहरूलाई उम्मेदवार बनाउने पक्षमा देखिएका छन् ।
उता, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पनि सभापतिको उम्मेदवारीका लागि तयारी गरिरहनु भएको छ । उहाँले आफू निकटका नेताहरूसँग दैनिक छलफल र परामर्श गर्दै आउनु भएको छ ।
कांग्रेसका नेता खुमबहादुर खड्काले पनि पर्ख र हेरको नीति लिएको स्रोतले जनाएको छ । महामन्त्री पदमा उम्मेदवारी दिने मनस्थिति बनाउनु भएका खड्काले आफ्नै टिम बनाएर अगाडि बढ्ने तयारी गर्नुभएको हो ।
नेता खड्काको पक्षमा खुलेर लागेका नेताहरूमा पूर्णबहादुर खड्का, पुष्पा भुसाल, शंकर भण्डारी, अजय चौरसिया आदिले टिम बनाएर जान दबाव दिने गरेका छन् ।
महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाले पनि आ–आफ्नो टिम बनाउन सुरु गर्नुभएको छ । कोइराला उम्मेदवार नबने सिंह र सिटौलाले पनि सभापति तोकेको स्रोतको भनाइ छ ।
उपसभापति रामचन्द्र पौडलेले सभापतिमा यस पटक कसै गरी नछाड्नेभन्दै प्रचार प्रसारको थालनी गरिसक्नु भएको छ । पौडेलले पटक पटक धोका पाएको भन्दै यस पटक सभापतिमा उम्मेदवारी दिएर विजयी हुने आफू निकटका नेताहरूलाई बताउने गर्नुभएको छ ।












प्रतिक्रिया