
रौतहट । नेपाल-भारत सीमा नाका ठप्प पारेर धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र गौरका स्थानीयबीच झडप भएको छ।
विवाहको सामान किनेर भारतबाट नेपाल फर्किंदै गरेका गौर-२ का रोहित साहलाई गौर-बगनियाँ सीमा क्षेत्रको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारीले गालीगलौज गर्दै कुटपिट गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन्।
अान्दोलनकारीले भारतको बैरगनिया बजारबाट विहेको समान किनेर फर्किदै गरेका साहको मोटरसाइकल ट्याङ्कीबाट जबर्जस्ती पेट्रोल झिकेर पोखिदिए। उनीमाथि आन्दोलनकारीले भौतिक आक्रमण गरे ।
आन्दोलनकारीबाट कुटाइ खाएपछि उनले सहयोग गर्न आफन्त एवं स्थानीयलाई सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि साहका आफन्त एवं गौर-२ का स्थानीयबासीले मोर्चा कार्यकर्तामाथि जाइ लागेका हुन् । दुई पक्षबीचको झडपका कारण सीमा नाका झन्डै अाधा घन्टा तनाबग्रस्त बन्यो । झडपमा परी मोर्चाका चार कार्यकर्ता घाइते भएका छन् । नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया