काठमाडौं, २३ मंसिर । भारतीय पक्षको निमन्त्रणामा नयाँदिल्लीमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू आज स्वदेश फिर्ता हुँदैछन् । उनीहरू राति नौ बजेको उडानबाट काठमाडौं आउने बताइएको छ ।
स्रोतका अनुसार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने बिहारको पटना हुँदै सर्लाही जाने कार्यक्रम छ । महतो नयाँदिल्ली पटना हुँदै जानु भएको थियो । पटना जाने भनिए पनि अध्यक्ष महतोको विषयमा आधिकारिक रुपमा केही बताइएको छैन ।
भारतमा रहँदा त्यहाँका बिदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका मधेसी मोर्चाका नेताहरूले नेपालमा आफूहरूले अधिकार नपाएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।
उनीहरूले भारतीय नेताहरूका साथै उच्चपदस्थ कर्मचारी र पूर्व कुटनीतिज्ञहरूसँग पनि भेट गरेको बताइएको छ ।
भारतीय नेताहरूसँग भेट गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव नयाँदिल्ली जानु भएको छ ।
मधेसी मोर्चाका शीर्ष नेताहरूको भ्रमणको चाँजोपाँजो मिलाउन नेपालका लागि भारतीय राजदूत रणजित राय पनि नयाँदिल्ली गएका छन् । भ्रमणको सबै व्यवस्था राजदूत रायले मिलाएका हुन् ।












प्रतिक्रिया