६ कार्तिक २०८३, शुक्रबार

लोकमान सिंहसँग किन रिसायो सत्तारुढ दल एमाले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman-singh-karkiकाठमाडौं, २३ मंसिर । सत्तारुढ नेकपा (एमाले)ले अद्यितयार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना केही नेतालाई समेत बयानका लागि बोलाएकोमा ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति आशंका व्यक्त गरेको छ ।

२ दिनसम्म चितवनमा चलेको विशेष राष्ट्रिय भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, सिंगो मुलुक राष्ट्रिय स्वाभिमानको पक्षामा दृढतापूर्वक उभिरहेको र पार्टीले यस अभियानको अगुवाइ गरिरहेको विशेष परिस्थितिमा अगाडि बढाइएको यो विषयले गम्भीर आशंका पैदा गरेको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

‘राज्यका कुनै पनि निकायद्वारा कानुनसम्मत् ढङ्गले गरिने अनुसन्धानलाई सघाउन पार्टी सदैव तयार रहेको,’ एमालेले भनेको छ, ‘तर पूर्वाग्रही ढङ्गले र प्रतिशोध साधन गर्ने हिसाबले गरिने कुनै पनि गतिविधि भने अनुचित हुने कुराप्रति सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’