६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दीमा १३ पेट्रोल पम्पले १५ करोड कमाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrol pump ma lineकाठमाडौं, २३ मंसिर । मिटर बिगारेर राजधानीका १३ पेट्रोलपम्पले करिब १५ करोड ठगी गरेका छन् ।

रिमोट तथा चिप प्रयोग गरी डिजिटल मिटर बिगारेर उनीहरूले ठगी गरेका हुन् ।

महानगरीय अपराध महाशाखाले नेपाल आयल निगमसँग डाटा लिएर गरेको अनुसन्धानमा ती पम्पले १५ करोड २२ लाख रुपैयाँ ठगी गरेको खुलेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

करिब एक वर्ष अवधिमा पेट्रोलपम्पहरूले कम परिणाम इन्धन बेचेर करिब एक करोड रुपैयाँभन्दा बढी कमाएका हुन् ।

प्रहरीले चार्टर्ड एकाउन्टेन्टमार्फत आयल निगमको विवरण र पम्पहरूले गरेको ठगीको परिणामको हिसाब निकालेको थियो ।

सोही आधारमा बिगो दाबी गरी उनीहरूविरुद्ध ठगी मुद्दा चलाइने महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले बताए ।