२३ कार्तिक २०८३, सोमबार

अमेरिका हिडेका १२ नेपाली कोस्टारिकामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Costaricaकाठमाडौं, २२ मंसिर । अवैध बाटोबाट अमेरिका छिर्न कोस्टारिका पुगेका १२ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिका छिर्नका लागि उनीहरु गुयाकारा नजिक रहेको एउटा थोत्रो घरभित्र लुकेर बसेका थिए । तर, प्रहरीले गोप्य सूचना पाएर उनीहरुलाई फेला पारेको समाचारमा जनाइएको छ ।

नेपालीहरुसँगै पाँच जना बंगलादेशी आप्रवासीहरु पनि पक्राउ परेका छन् । उनीहरु कसैसित पनि आफ्नो पहिचानका कागजात नरहेको प्रहरीको भनाई छ । उनीहरुलाई अध्यागमन कार्यालयको हिरासतमा राखिएको छ ।

पक्राउ परेका नेपालीहरुको नाम खुलाइएको छैन् । उनीहरु सबै पुरुष हुन् ।