६ कार्तिक २०८३, शुक्रबार

७० देखि ८० वर्षमा हिमनदी सबै बिलाउने अनुमान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagarmathaकाठमाडौं, २२ मंसिर । विश्‍वकै सर्वोच्च चुचुरो सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ।चिनियाँ वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन् ।

चाइनिज एकेडमी अफ साइन्स र हुनान विज्ञान तथा प्रविधि विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हिमनदी साँघुरिँदा तिब्बततर्फ बग्ने नदीनालासमेत संकटमा पर्नसक्ने देखिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

तापक्रम मापन यन्त्रले उपलब्ध गराएका तथ्यांक विश्लेषण गरी यस्तो तथ्य सार्वजनिक गरिएको वैज्ञानिकहरूले बताएका छन् ।

सगरमाथावरिपरिको क्षेत्रमा भने तुलनात्मक रूपमा वातावरणीय अवस्था सुध्रिएको वैज्ञानिकहरूको निष्कर्ष छ। ुवरिपरि हरियाली बढेको छ र पारिस्थितिक प्रणालीमा सुधार आएको छु, वैज्ञानिकहरूले भनेका छन् ।

विश्वमा बढिरहेको तापक्रमको असर सीधा हिमाली क्षेत्रमा परेकाले उच्च हिमाली भेगसमेत तातिन थालेको उनीहरूको निष्कर्ष छ ।

सगरमाथा क्षेत्रमा अरू विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले पनि हिउँ पग्लिने र हिमनदी साँघुरिने क्रम बढ्दै गएको प्रतिवदेन सार्वजनिक गरेका छन् ।

युरोपेली, जापानी र अमेरिकी वैज्ञानिकहरूले हालै गरेको संयुक्त अध्ययनले आगामी ७० देखि ८० वर्षमा सगरमाथाका हिमनदी सबै बिलाउने अनुमान गरेको छ ।

विश्वव्यापी रूपमा उत्सर्जन भइरहेको हरित गृह ग्यासका कारण सगरमाथालगायतको तापक्रम तथा हिउँ पग्लिने क्रम बढेको हो ।

भारत र चीनबाट उत्सर्जन हुने ब्ल्याक कार्बन तथा कार्बनडाइअक्साइडका कारण पनि सगरमाथाको हिउँ विश्वमै सबैभन्दा छिटो पग्लिरहेको वैज्ञानिकहरूको निष्कर्ष छ ।