काठमाडौं, २१ मंसिर । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले इश्वरले चाहेमा नेपाल–भारत सीमामा देखिएको समस्याको ५/६ दिनमा समाधान हुने बताएकी छिन् ।
भारतको माथिल्लो सदन राज्यसभामा नेपालबारे भएको बहसमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वराजले आफूले नेपालका परराष्ट्र कमल थापा र मधेसी नेताहरुसँग कुरा गरेको उल्लेख गर्दै केही दिनमा समस्याको समाधान हुन सक्ने विश्वास गरिन् ।
उनले भनिन्– नेपालका नेताहरुसँग कुराकानी छलफल भएको छ, इश्वरले चाहे भने अबको ५/६ दिनमा कुनै समाधान निस्कन सक्छ ।












प्रतिक्रिया