२३ कार्तिक २०८३, सोमबार

धादिङमा बस दुर्घटना, तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhadingमलेखु (धादिङ), २१ मङ्सिर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुषा गाविस–१ चरौदीबजारमा आज दिउँसो बस र माइक्रोबस एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौँबाट धरानको लागि छुटेको ना५ख ७०८३ नम्बरको यात्रु बस र काठमाडौँ आउँदै गरेको ग१ज ५४३५ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतकहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । रासस