२३ कार्तिक २०८३, सोमबार

मधेसवादी दलका सांसदलाई फकाएर व्यवस्थापिका संसद सूचारु गर्ने तीन दलको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar-Three-Party-Meetingकाठमाडौं, २१ मंसिर । लामो समयदेखिको व्यवस्थापिका संसदको अवरोध हटाउन प्रमुख तीन दलले पहल गर्ने गर्ने भएका छन् ।

सभामुख ओनसरी घर्तीले सोमबार विहान बेलाएको बैठकमा प्रमुख तीन दलले मधेसी मोर्चाका सांसदहरुलाई फकाएर संसदको अवरोध हटाउने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

मुलुकको वर्तमान परिस्थिति र मधेस आन्दोलनबारे संसदमै छलफल गर्ने गरी सदन खुलाउन प्रमुख तीन दल सहमत भएका हुन् । मधेसी मोर्चाले लगातार संसद अवरुद्ध पार्दै आएको छ ।