चितवन, २१ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले मधेसी मोर्चाका नेताहरु तराई टुक्राउन भारतको शरणमा गएको बताउनुभएको छ ।
चितवनको भरतपुरमा आज पत्रकारहरूसँग कुुराकानी गर्दै उहाँले आन्दोलनरत तराई मधेसका जनताको माग समेट्नेगरी प्रमुख दलहरुले तीन बुँदे साझा धारणा ल्याइसकेको भन्दै समस्या समाधानका लागि गुहार माग्न दिल्ली जानु गलत भएको बताउनुभयो ।
नेपालको राजनीतिक समस्या हल गर्न भारत जानु गलत भएको मन्त्री चौधरीको धारणा छ । हामी आफ्नो समस्या आफै समाधान गर्न सक्षम भएको भन्दै राजनीतिक समस्या समाधानका लागि विदेशी गुहार्न नहुने बताउनुभयो ।
यसैबीच मन्त्री औषधिको अभाव खड्किएको बताउँदै एक महिनाभित्र औषधि खरिद गरिसकिने बताउनुभएको छ । उहाँले गोदामहरूमा बढीमा ४० दिनका लागिमात्रै औषधि भएकाले अब पनि ढिलो भए जीवन सुरक्षाका लागि अत्यावश्यक औषधिको अभाव हुने बताउनुभयो ।












प्रतिक्रिया