२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाका नेताहरूले आज दिल्लीमा के के गर्दैछन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi Morchaकाठमाडौं, २१ मंसिर । भारतीय सरकारको निमन्त्रणमा नयाँदिल्ली पुगेका मधेसी मोर्चाका नेताहरूले आज पनि आफूहरूको राजनीतिक भेटवार्तालाई जारी राख्ने भएका छन् । उनीहरूले आज नेपालका लागि पूर्व भारतीय राजदूतहरूसँग भेटवार्ता र छलफलको कार्यक्रम राखेका छन् ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका सहयोगी उपेन्द्र महतोका अनुसार मधेसी मोर्चाका नेताहरूले ब्रेकफास्ट मिटिङमा नेपालका लागि पूर्व भारतीय राजदूतहरूसँगको भेट गरिनेछ ।

भेटका लागि पूर्व राजदूतहरू श्याम शरण, शिवशंकर मुखर्जी, राकेश सूद, जयन्त प्रसाद र हालका राजदूत रणजित राय रहने सहयोगी महताले बताउनुभयो ।

पूर्व राजदूतहरूसँगको ब्रेकफाष्ट मिटिङमा नेपाल–भारत सम्बन्ध र राजनीतिक विषयमा सुझाव दिइनेछ । पूर्व राजदूतहरूको सुझाव र सल्लाहअनुसार मधेसी मोर्चाका नेताहरूले आफ्नो योजना बनाउने बुझिएको छ ।

त्यसै गरी मधेसी मोर्चाका नेताहरूले नयाँदिल्लीमा भारतीय सञ्चारकर्मीहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने छन् । त्यसका लागि बिहान ११ देखि १२ बजेको समय भारतीय मिडियाको लागि छुट्टाएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका सहयोगी उपेन्द्र महतोले बताउनुभयो ।

भारतीय सरकारको निमन्त्रणमा दुई दिनअघि संघीय समावादी पार्टी अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव नयाँदिल्लीमा हुनुहुन्छ ।

मधेसी मोर्चाका नेताहरूलाई नेपालका लागि भारतीय राजदूत रणजित रायले भेटघाट र बसोबासको व्यवस्था गर्नुभएको हो । अधिकांश भेटवार्तामा भारतीय राजदूत राय आफै संलग्न हुनुहुन्छ ।