अमेरिका । नेपाली समाज टेक्सास अमेरिकाको नवौँ कार्यकारिणी समितिको निर्बाचनको अध्यक्ष पदमा वर्तमान महासचिव विजयराज भट्टराईले उमेद्वारी दिएको जानकारी निर्वाचन कमिटि संयोजक बैकुण्ठ थापाले दिनुभएको छ ।
उमेदवारीको सन्दर्भमा जिज्ञासा राख्दा भट्टराईले समुदायको हितका लागि गतिशील र सक्षम एनएसटीमा उमेद्वारी दिएको बताउनुभयो ।
उहाँले भन्नु भयो, ‘म आग्रह गर्छु हिजोको कार्यसम्पादन को मुल्यांकन गर्दै भोलिका कार्यक्रम हेरेर निर्वाचित गर्नु होला।’
उहाँले उमेद्वारी दिने क्रममा बोल्दै भन्नुभयो, ‘पहिलो पुस्तालाई प्रबिधि र दोश्रो पुस्तालाई हाम्रा धर्म, संस्कृति, रितिरिवाजको समायोजन गर्ने मेरो एजेन्डा छ ।’
उहाँलाई उपाध्यक्ष बाल जोशी प्रस्तावक र यमुना भट्टराई समर्थक रहनु भएको छ ।
















प्रतिक्रिया