३० आश्विन २०८३, शुक्रबार

साहित्यकार पुडासैनी अमेरिकाबाट नेपाल फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PUDASAINI-1-800x533– विजय थापा

वाशिंगटन डिसी । साहित्यकार दामोदर पुडासैनी किशोर झन्डै ३ हप्ते अमेरिकाको भ्रमणपछि नेपाल फर्कनु भएको छ ।

‘नमेटिएका चित्रहरु’ नियात्रा कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अन्तर्राष्ट्रिय सर्बोत्कृष्ट पुस्तक पुरस्कार बिजेता घोषित भएपछि अमेरिका आएको उहाँले जानकारी गराउनु भयो ।

अमेरिकाका विभिन्न राज्यहरुको भ्रमणको साथै सहरहरुमा आयोजना भएका साहित्यिक कार्यक्रममा भाग लिने मौका आफूले पाएको उहाँले बताउनुभयो ।

आफूले लेखेको पुस्तक पुरस्कृत भएकोमा अत्यन्तै हर्ष लागेको बताउदै उहाँले पुरस्कार पाउँछे भनेर लेख्ने नगरेको बताउनुभयो ।