२३ कार्तिक २०८३, सोमबार

संसदमै नभएकालाई सभामुख घर्तीले किन बोलाइन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-Gharti-Sansadकाठमाडौं, २० मंसिर । व्यवस्थापिका संसदको आज (आइतबार)को बैठकमा सरकारका तर्फबाट उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले समग्र मुलुकको असहज व्यवस्थाका विषयमा जानकारी गराउने कार्यसूची बनाइएको थियो । सोही कार्यसूचीलाई लिएर निर्धारित समयभन्दा केही ढिला गरेर संसदको बैठक सुरु भयो ।

तर संसदको बैठक सुरु हुनु अगावै परराष्ट्रमन्त्री थापा संसदबाट बाहिरी सक्नुभएको थियो । संसद बैठकमै नभएका ‘परराष्ट्रमन्त्री कमल थापालाई सदनमा बोल्नका लागि समय दिन्छु’ भन्दै सभामुख घर्तीले पटक पटक रुलिङ गरिरहनु भयो । परराष्ट्रमन्त्री थापा भने बैठकमै हुनुहुन्थेन । उहाँ सदन चल्नुभन्दा पहिला नै सदन छाडेर गइसक्नुभएको थियो ।

‘मधेसी मोर्चाले आजको बैठक पनि बहिष्कार गर्छ मैले बोल्न पाउँदैन’ भनेर परराष्ट्रमन्त्री थापा पहिलानै हिँडिसक्नु भएको थियो । थापा गएको सभामुख घर्तीले थाहा नपाउँदा यस्तो अवस्था आएको हो ।

सभामुख घर्तीको कमजोर कमान्डिङ र आपत्तिने प्रवृत्ति तथा मन्त्रीहरूकै हेपाह प्रवृत्तिले पनि सदनको आकर्षण घट्दै गएको छ । सदनको कामकारबाही कसरी चलाउने भन्ने विषयमा सभामुख घर्तीलाई प्रशिक्षण दिनुपर्ने भन्दै कांग्रेसका सांसदहरूले बैठक सक्किएपछि बाहिर टिकाटिप्पणी गरेका छन् ।

सभामुख घर्तीको काम गर्न नसक्ने शैलीबाट स्वयं एमाओवादी, एमाले र अन्य दलहरू पनि चिन्तित छन् ।

सदाझैँ आजको बैठक पनि नाराबाजीका कारण अबरुद्ध भएको छ । मधेसी मोर्चाका सांसदको अबरोधका कारण संसदको बैठक भोलि सोमबारसम्मका लागि स्थगित भएको छ ।

संसद बैठक सुरू हुनेवित्तिकै नेपाल मजदुर किसान पार्टीका सांसदहरूले पनि नाराबाजी गरेका थिए । उनीहरू भारतीय नाकाबन्दी र भारतीय हस्तक्षेपका विरुद्ध नाराबाजी गरेका हुन् ।