२३ कार्तिक २०८३, सोमबार

एमालेको राष्ट्रिय भेलाको तयारी पूरा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

चितवन, २० मङ्सिर । नेकपा (एमाले) ले तराईमा भइरहेको आन्दोलन र वर्तमान समसामयिक विषयमा पार्टीको धारणा तय गर्न सोमबारदेखि चितवनको सौराहामा गर्न लागेको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ ।

व्यवस्थापनको जिम्मेवारी लिएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले अहिलेको परिवेशमा यहाँ हुन लागेको भेला राष्ट्रिय महत्वको भएको र सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । सोमबार बिहान ११ बजे भेलाको उद्घाटन एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

आजदेखि नै केन्द्रीय नेता र सहभागी चितवन आउने क्रम सुरु भएको छ । पार्टीका नेता माधवकुमार नेपाल, प्रचार विभाग प्रमुख योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत केन्द्रीय नेताहरु आज नै चितवन आउने अध्यक्ष थपलियाले बताउनुभयो ।
भेलामा पार्टीका केन्द्रीय पदाधिकारी तथा स्थायी कमिटीका सदस्यसहित तराईका २२ जिल्लाका अध्यक्ष, जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, सांसद तथा केन्द्रीय विभागका सम्वन्धित क्षेत्रका पदाधिकारी सहित दुई सय ३५ जनाको सहभागिता रहने छ ।

भेलाले हाल तराईमा देखिएको राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएका समस्या, सङ्घीयताको विवाद लगायत विषयमा छलफल गरी ठोस धारणा बनाउने वैकल्पिक केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज कृष्ण खनालले बताउनुभयो । भेलापछि सौराहा घोषणापत्र जारी गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने जनाइएको छ । रासस