३० आश्विन २०८३, शुक्रबार

बेल्जियममा साहित्यिक अन्तक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Belgiuim (2)

लुभेन, बेल्जियम । नेपाली साहित्यमा ऐतिहासिक अस्वीकृत जमात २०२६, बुटपालिस २०३१ आन्दोलनका एक अभियन्ता एवँ सक्रिय स्रष्टा डा. कविताराम श्रेष्ठसँग गत नोभेम्वर ३० का दिन यहाँ एक अन्तक्रिया सन्ध्याको आयोजना गरियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले आयोजना गरेको सो कार्यक्रममा स्रष्टा श्रेष्ठले आफनो लेखनी यात्रासँगै उल्लेखित आन्दोलन र समसामयिक नेपाली साहित्यको समग्र विकासक्रममा आफना अनुभवहरु विस्तारित रुपमा चर्चा गर्नुभएको थियो ।

अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव दीपकज्योति पौडेलले गर्नुभएको थियो । सो अवसरमा स्रष्टा डा. श्रेष्ठलाई अनेसास बेल्जियमको तर्फबाट सम्मानपत्र पनि हस्तान्तरण गरिएको थियो ।

Belgiuim (1)  Belgiuim (3)