आज भोलि यो सोच शब्द मलाई निकै मन पर्ने शब्द भएको छ । आजकाल कुनै काम गर्नु पुर्व मभित्रको सोचाइलाई नै सकारात्मक बनाउने गरेको छु । किनकि आज जतिपनि राम्रा परिवर्तन, विकाश, निर्माणका काम भएका छन् । ती सबै सकारात्मक सोचाइको उपज हो र जति पनि व्यक्तिहरु सफल छन् त्यो सबै उनीहरुको सकारात्मक सोचाइकै कारण हो ।
जबसम्म हामी नारी पुरुष दुवैकै सोचाई, मानसिकता नै परिवर्तन हुदैन, तबसम्म शहरकेन्द्रित नारी अधिकारका कार्यक्रम, गोष्ठि र हरेक वर्ष प्रमुख शहरमा केन्द्रित रहेर १६ दिने महिला हिंसा विरुद्घको कार्यक्रम गर्दैमा, नारीसम्बन्धी कानुन बनाउदैमा, नारी अधिकारका नारा चर्को स्वरमा मनारहदा अशिक्षा, अज्ञानता, एवं अन्धविश्वासले ग्रसित ग्रामिण महिला विभिन्न खाले घरेलु हिसांको चरम यातनाबाट छुटकारा भने अवस्य पाउदैनन् ।
जहाँ नारीको पुजा हुन्छ, त्यहाँ देवताले बास गर्छन् । भन्ने पौराणिक भनाईले निकै चर्चा पाएको छ । पुरुष प्रधान हाम्रो समाजमा नारीको अवस्था भने अझ दयनीय अवस्थामा नै छ । २१ औ शताब्दीको शिक्षित समाजमा आइपुग्दा पनि गरिबी, अशिक्षा एवं अन्धविश्वासले ग्रसित ग्रामिण नारी विवश र निरीह रुपमा बाच्न बाध्य छन् । अनेक विभिन्न खाले परिवर्तन हुदै आए पनि नारीमाथि विभिन्न नकारात्मक प्रभावको अन्त्य हुन सकेको छैन । नारीमाथि घरेलुहिंसाको चरम यातना त छँदैछ, त्यसमाथि अन्य अमानवीय क्रियाकलाप पनि बढीरहेको छ । दाइजो नल्याएको नाउमा जिँउदै जलाउने छोरी जन्माएको निहुँमा श्रीमानद्धारा बहुविवाह गरी यातना दिने लगायत बोक्सीको नाउमा पनि नारीलाई थप प्रताडित गर्ने काम समाजका ठुलाभनाउदाहरु बाटै हुने गरेको पढ्न, सुन्न र देख्न पाइन्छ ।
मैले एकजना दिदी माइतीबाट दाइजो नल्याएको निहुँमा श्रीमानले अर्की बिहे गरे पश्ताप आफनो दुधे बालकलाई माइतीमा छोडी ठूलो सपना बुनेर रोजगारका लागि विदेश जानुभयो । विदेश गएको केही महिनापछि जतिबेला घरमा कोही नभएको मौका छोपी मालिकले बलात्कारको प्रयास गर्यो । त्यो दिदिले विरोध गर्दा मालिकले मार्ने धम्की दियो । त्यतिखेर त्यो दिदिका सपनाहरु चकनाचुर भए यद्यपी कुनै उपाय अपनाई विदेश पुगेको केही समयपछि नेपाल फर्कनु भयो । नेपाली व्यक्तिहरुकै कारण विदेशमा पनि धेरै नेपाली चेली नचाहदा नचाहदै पनि आफनो अस्तित्व समाप्त पार्न विवश छन् । यो त एउटा उदाहरण मात्र हो । खाडी मुलुक लगाएत नेपालकै विद्यालय, अफिस विभिन्न ठाउँमा सयौ नारीले यौन शोषण सहन बाध्य छन् । यस्तै नेपाली व्यक्तिहरुकै कारण धेरै नेपाली चेली नचाहदानचाहदै पनि आफनो अस्तित्व समाप्त पार्न विवश छन् । यो त एउटा उदाहरण मात्र हो । खाडी मुलुक लगायत नेपालकै विद्यालय, अफिस विभिन्न ठाँउमा सयौ महिला यौन शोषण सहन बाध्य छन् । यस्तै आफु कबोलेको दाइजो नल्याएको भन्दै लामो समयदेखि पिडा दिएर केही समय पहिला २३ वर्षिया सविता देवि शाहको हत्या गरी नहरको डिलमा गाडीएको अवस्थामा शव प्रहरीले खनेर निकालेको खुलासा भएको थियो । २१ औ शताब्दीको शिक्षित समाजमा आइपुग्दा पनि यस्ता घटना दिनदहाडै घटिरहेका छन् ।
हरेक वर्ष १६ दिने नारी हिंसाविरुद्धका कार्यक्रम मनाइरहदा र नारी अधिकारका नारा चर्को स्वरमा उठ्दा पनि नारीमाथिको हिंसा रोक्न पहल हुन नसक्नुले नारी अधिकारको नारा नाममा मात्र परिचित त होइन ? नारीमाथि हुने विभिन्न खालका हिंसाले नारीलाई कमजोर बनाउनुका साथै आत्महत्या गर्नेसम्मको वातावरण सिर्जना गर्न सक्छ । शिक्षा, सिप तथा ज्ञानको अभावमा ग्रामिण पिछडिएका महिलालाई शिक्षित बनाउनुपर्छ र नारी हिंसा रोक्नुपर्छ भनेर प्रमुख ठाँउमा केन्द्रित रहेर कार्यक्रम गर्नुभन्दा ग्रामिण समुदायमा गएर त्यँहाका नारीलाई आर्थिक रुपमा थोरै भए पनि सर्पोट गर्न सक्यो भने पनि केही हदसम्म आर्थिक रुपमा सक्षम हुदाँ घरका सदस्य लगायत अन्यले पनि सकारात्मक नजरले हेर्ने थिए । किनकि समाजका शिक्षित र आफुलाई गन्यमान्य ठान्ने नारीबाटै पनि यस्ता क्रियाक्रलाप हुने गरेका छन् । सम्भा्रन्त परिवारका शिक्षित र आफुलाई समाजका अगुवा भनाउँदाहरुबाटै घरेलु हिंसा हुने गरेको छ । ठुलोले जे गरे पनि हुने र सानाले जस्तोसुकै आरोप पनि खेप्नुपर्ने मानसिकताबाट ग्रसित ग्राम्रिण समाजलाई केवल शिक्षाले मात्र परिवर्तन गर्न सक्दैन । कु– संस्कार र धर्मको नाममा आडम्बर फैलाउदै नारीलाई प्रताडित गर्ने व्यक्ति, वर्ग र समाजलाई कडा भन्दा कडा नियम कानुनको व्यवस्था गर्नुपर्छ ।
१६ दिने महिला हिंसाविरुद्धको कार्यक्रम मनाउदै आएको धेरै वर्ष भइसक्यो जसकारण केही नारी स्वतन्त्र भएर जीवन जीउन पाएका छन् । यतिबेला शहरमा यस्ता खुबै स्वतन्त्रतामुखी नारीको संख्या बढरदै गएको छ । तर गाउघरतिर भने नारीको अवस्थामा सुधार आएको पाइदैन । नारी भएर कष्टकर जीवन जिउनु परेका लाखौ नारीको आवाज भएर एक्काइसौ शताब्ताब्दीका युवतीहरु जाग्नुपर्ने हो नी त । तर म नारी हुँ र आफु जस्तै अरु शोषित र पीडित नारीका लागि केही गनुपर्छ भन्ने सोच सबैमा देखिदैन बरु सकेसम्म आफुले कतिसम्म सम्पन्न जीवन बाँच्न पाएको छु भनेर देखाउन अघि सर्छन् ।
हाम्रो समाजमा नारी पछाडि पर्नुमा पुरुषप्रधान संस्कार मात्र होइन नारीको बौद्धिकताको कारण पनि प्रमुख हो । नारीको नेतृत्व गरेर नेतृत्वमा पुगेका महिलाहरुको समुह धेरै नै छ, जसले नारी अधिकारको नाममा सडक र सदन घेर्ने हिम्मत गर्न सक्छन् । तर ग्रामिण महिलालाई अधिकार दिलाउने आटँ गर्न सक्दैनन् । वास्तवमै भन्ने हो, भने उनीहरुले आफुलाई महिला अधिकारमुखी आन्दोलनमा अगुवा माने पनि नारीमाथि हुने विद्यमान समस्यालाई परिवर्तन गर्न वा हटाउन केहीगर्न सकेका छैनन् । पीडित नारीका समस्यालाई राजनैतिक रुपमा उठाउन मात्र सक्रिय छन् । परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्छ भन्ने भनाइलाई आत्मसात गर्ने हो भने पनि केही हदसम्म हिंसा कम हुने थियो कि ? नारीलाई अधिकार सम्पन्न बनाउनु पर्छ भनेर नारा उठाउने तर दिने बेलामा भने सधै पछाडि पार्ने प्रवृत्ति र कमजोर मानसिकताको उपज हो नारीमाथि बढ्दै गएको छ घरेलु हिंसा ।
नेतृत्ववर्गबाटै परिवर्तनको शुरुवात हुनुपर्ने हो । तर प्रमुख शहर र राजधानी केन्द्रित सभासदहरुको आखाँबाट ओझेलमा परेको छ ग्रामिण समाजमा बढ्दै गएको घरेलु हिंसा महिला सभासद तथा महिला नेतृत्व वर्गले भोट माग्दा कार्यकर्ता भेला गर्दा अधिकारका शब्दजालहरु निकै प्रयोग गरिन्छ, तर नारी पिडित हुदा बोक्सीको नाउँमा विभिन्न खाले पिडा दिदा, दाइजोको निहुँमा जिउँदै जलाउँदा कुनै पनि महिला सभासद तथा महिलालाई अधिकार दिलाउन खोलिएका महिला संगठनको ध्यान गएको भने देखिदैन । प्रमुख शहर र राजधानीमात्र केन्द्रित नभई ग्रामिण कुना कुनामा महिलासम्म पुगेर समय समयमा जनचेतनामुलक कार्यक्रम गर्नेलगायत महिलामाथि हुने विभिन्नखाले घरेलु हिंसाप्रति सम्बन्धित निकायको ध्यान केन्द्रित गर्दै, हामीभित्र रहेको मानसिकता नै परिवर्तन गर्ने हो भने केही हदसम्म महिला घरेलु हिंसा केही हदसम्म कम हुने थियो कि ?













प्रतिक्रिया