६ कार्तिक २०८३, शुक्रबार

विस्फोटको त्रासले रक्सौलका ग्यास बुलेट जंगलमा सारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass Buletकाठमाडौं, २० मंसिर । लामो समयदेखि रक्सौल बजारनजिकै लाइनमा बसेका ग्यास बुलेट भारतीय पक्षले धमाधम खुला स्थान र जंगलतिर सार्न थालेको छ ।

शुक्रबार ग्यासका तीनवटा बुलेट चुहिएपछि विस्फोट हुने त्रासले अन्यत्र सार्न थालिएको नयाँ पत्रिका दैनिकले समचार छापेको छ ।

सीमा क्षेत्रमा रोकिएका ग्यास नेपाल नपठाएर स्थानीय प्रशासनले पछाडि सार्दै लगेको नेपाल आयल निगमका अमलेखगन्ज डिपो प्रमुख भानु खनालले बताए ।

उनका अनुसार लाइनमा भएका ग्यास बुलेट क्रमशस् खुला स्थानमा लगिएको छ ।

ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भारतीय पक्षले रक्सौलबाट झन्डै ४० किलोमिटर टाढाको जंगल र खुला स्थानमा लगेर बुलेट राख्न थालिएको जानकारी आएको बताए ।

‘रक्सौलमा रोकिएका बुलेटबाट ग्यास चुहिन थालेपछि नेपाल पठाउलान् भन्ने आस थियो, तर साँझसम्म पनि रक्सौल बजारदेखि धेरै टाढाका जंगल र खाली बस्तीमा बुलेट सार्न थालेको जानकारी पाएका छौँ,’ घिमिरेले भने, ‘बुलेटबाट हुन सक्ने सम्भावित मानवीय र भौतिक नोक्सानी कम गर्न खुला ठाउँतिर लगेको बुझिएको छ ।’

भारतीय नाकाबन्दीयता रक्सौलमा एक सय ९० वटा भरिएका ग्यास बुलेट रोकिएका छन् । तीमध्ये एक सय ५३ वटा बुलेट भन्सार जाँच पास सकेर लाइनमा बसेका हुन् ।

विस्फोटको खतरा भएपछि इन्डियन आयल कर्पोरेसनले भारत सरकारलाई बुलेट लाइनमा रोकेर राख्नु जोखिम भएको जानकारी गराएको छ ।

रोकिएका बुलेट पछाडि लगिएको विषयमा आफूले आइओसीका अधिकारीसँग जानकारी लिएको अमलेखगन्ज डिपो प्रमुख खनालले बताए ।

उनले भने, ‘उनीहरूले नेपालतिर बुलेट पठाउन चाहे पनि सरकारले अनुमति नदिएको नदिएको बताएका छन् । विस्फोटको खतरा रहेको जानकारी सरकारलाई दिएको पनि उनीहरूले बताएका छन् ।’