६ कार्तिक २०८३, शुक्रबार

अपराधीलाई पनि पुलिस रिपोर्ट दिने गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeकाठमाडौं, २० मंसिर । कुनै पनि अपराधमा संलग्न नभएकालाई प्रहरीले चालचलन प्रमाणपत्र (पुलिस रिपोर्ट) दिनुपर्ने हो ।

तर, नीतिगत त्रुटिका कारण गम्भीर अपराधमा संलग्नले समेत प्रहरी रिपोर्ट पाउने गरेका छन् ।

प्रहरीले दायर गर्ने फौजदारी मुद्दालाई मात्र आधार बनाएर पुलिस रिपोर्ट दिने गरिएको छ ।

वन्यजन्तुको तस्करी, अवैध मुद्राको कारोबार, राजस्व छली, सम्पत्ति सुद्धीकरण, भ्रष्टाचार, वैदेशिक रोजगार ठगीजस्ता गम्भीर मुद्दामा संलग्नहरुले भने सजिलै पुलिस रिपोर्ट पाउने गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यो त्रुटिको फाइदा ठूला अपराधीलाई भइरहेको छ । खासगरी अध्ययन र वैदेशिक रोजगारीका लागि विदेश जानेका लािग प्रहरी रिपोर्ट अनिवार्यजस्तै बनेको छ ।