२३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीले भने- नाकाबन्दी छिट्टै खुल्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-1काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल निर्माण सामग्री व्यापार सङ्घले अघोषित नाकाबन्दीका कारण उत्पन्न समस्या समाधान गर्न माग गर्दै आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

सङ्घका अध्यक्ष श्रीकृष्ण रिजालको नेतृत्वमा पदयात्रासहित प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेको टोलीले महिनौँदेखिको तराई बन्द, हड्ताल र नाकाबन्दीका कारण व्यापार/व्यवसाय चौपट भएको भन्दै त्यसलाई जतिसक्दो चाँडो समाधान गर्न आग्रह गरेको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नाकाबन्दीका कारण व्यापार/व्यवसाय मात्र नभई मुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताउँदै जतिसक्दो चाँडो बन्द, हड्ताल र नाकाबन्दी खुलाउने बारे छलफल भइरहेको बताउनुभएको अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

व्यवसायीले बन्द, हड्ताल र नाकाबन्दीका कारण उद्योग व्यवसाय बन्द गर्नुपरेको अवस्थामा व्यवसायीले बैंकबाट लिएको ऋणको व्याज र आयकरमा छुट गर्नुपर्नेसमेत माग गरेका छन् । सो सङ्घले भारतीय दूतावासमा समेत आज ज्ञापनपत्र बुझाएको छ । रासस