२३ कार्तिक २०८३, सोमबार

देउवाले मोर्चालाई भने- माग पुरा भइसक्यो, आन्दोलन स्थगन गरी वार्तामा आउनुस्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur-Deubaकाठमाडौँ, १९ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलन स्थगन गरेर वार्तामा आउन मधेसकेन्द्रित दललाई आग्रह गर्नुभएको छ ।

काँग्रेस निकट केन्द्रीय पर्यटन विभागको प्रथम राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले महिनौँदेखिको बन्द, हड्ताल र नाकाबन्दीका कारण जनताले सास्ती खेप्नु परेकाले जतिसक्दो चाँडो वार्ता, संवाद र सहमतिका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

मधेसी समुदायले उठाएका जायज मागलाई संविधान संशोधन गरेर भए पनि समाधान खोज्नुपर्ने उहाँको भनाइ छ । नेता देउवाले दलित, महिला, मुसलमान, मधेसीलगायत सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरिएको नयाँ संविधान कार्यान्वयन गर्नु अहिलेको मुख्य चुनौती हो भन्नुभयो । रासस