काठमाडौं, १९ मंसिर । भारतको सहयोगमा मधेसमा आन्दोलन गरिरहेका मधेसवादी दलहरुको माग पुरा गर्न प्रमुख दलहरुले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि भारतमा खुसीयाली छाएको छ ।
भारतीय सञ्चारमाध्यमले भारतीय मुलका मधेसीहरुको माग पुरा गर्न नेपाल बाध्य भएको टिप्पणी गरेका छन् । शुक्रबार साँझ बालुवाटारमा बसेको प्रतिपक्षी कांग्रेससहित प्रमुख दलहरुको बैठकले मधेसी मोर्चाको माग (समानुपातिक समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण) समावेश गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए ।
जसले भारतीय मुलुका मधेसी अर्थात अंगीकृत नागरिकताधारीले पनि सच्चा नेपाली बराबर अधिकार पाउनेछन् । आफ्ना देशका नागरिकले उक्त अधिकार पाउनेभएपछि भारतीय सञ्चारमाध्यमले नेपाल झुकेको टिप्पणी गर्दै बाध्य भएको समेत लेखेका छन् ।
समाचारमा मधेसी नेताहरुले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सल्लाह गरी थप कार्यक्रम अघि बढाइने समेत बताइएको छ ।
यस्तो छ भारतीय पत्रिका जागरण दैनिकको समाचार तथा टिप्पणीः















प्रतिक्रिया