१ कार्तिक २०८३, शनिबार

‘मधेसी मोर्चाका माग पुरा भए हामी सबै नेपाली हार्छाै, भारतले जित्छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapaरामेछाप, १९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले नयाँ संविधान कार्यान्वयनमा नआए देश ठूलो संकटमा फस्ने बताउनुभएको छ ।

रामेछाप सदरमुकाम मन्थलीमा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले संविधान असफल हुँदा हामी सबै नेपालीले हार्ने बताउनुभयो ।

नेता थापाले भन्नुभयो- संविधान कार्यान्वयन नगरी आन्दोलनरत मधेसी मोर्चाका सबै माग पुरा गर्ने हो भने अहिलेसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा छ । यस्तो अवस्था सिर्जना हुनु भनेको नेपाली हार्नु र बाह्य शक्तिले जित्नु हो ।

भारततर्फ संकेत गर्दै नेता थापाले मधेसी मोर्चा अजायज माग पुरा गरिए संविधान असफल हुने त्यो दक्षिणपन्थीहरुको जित हुने भनाई राख्नुभयो ।

‘यो संविधान असफल हुँदा काँग्रेस, एमाले र माओवादीले मात्र हैन, मधेस केन्द्रित दलले पनि हार्छन् । यो संविधान असफल भयो भने फेरी लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ ।’ थापाको भनाई थियो । संविधानमा भएका कमजोरीलाई सच्याउँदै अघि बढे मात्रै देशले निकास पाउने नेता थापाको सुझाव छ ।

भारतले अहिले गरेको व्यवहारबाट देशले पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो ।