२३ कार्तिक २०८३, सोमबार

चार राजनीतिक शक्तिको बैठकको तयारी, वार्तामा आउला मधेसी मोर्चा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishnaprasad Sitaulaकाठमाडौं, १९ मंसिर । शुक्रबार साँझको वार्ता बहिष्कार गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आज (शनिबार) वार्ताको गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेताहरूलाई कुराएर मधेसी मोर्चाका नेताहरू अन्तिम समयमा वार्तामा आएका थिएनन् ।

उनीहरू बालुवाटारमा शीर्ष नेताहरूलाई कुराएर नेपालका लागि भारतीय राजदूत रणजित रायको भोज खान लैनचौरस्थित दूतावास पुगेका थिए ।

मधेसी मोर्चालाई बालुवाटारमा कांग्रेस सभापति सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, सुवासचन्द्र नेम्वाङ, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, विजय गच्छदार, कमल थापालगायतले कुरेर बसेका थिए ।

शुक्रबार हुन नसकेको वार्ता आज गर्ने तयारीमा केही नेताहरू लागेका छन् । तर वार्ताको समय र स्थान यो समाचार तयार पार्दासम्म टुङ्गो लागेको छैन ।

मधेसी मोर्चाका शीर्ष नेताहरू भोलि आइतबार नयाँदिल्ली जाने भएकाले आजै वार्ता गर्ने हो की भनेर तयारी गरेको बुझिएको छ ।