६ कार्तिक २०८३, शुक्रबार

एमालेका सांसदलाई अख्तियारले किन बयानका लागि बोलायो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijay-poudelकाठमाडौं, १९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमालेको पोलिटब्युरो सदस्य एवं पूर्वसभासद विजय पौडेललाई कुनै विषय नखुलाई बयान दिन बोलाएको छ ।

अख्तियारले सार्वजनिक पद (राज्यको कुनै लाभको पद) मा कहिल्यै नबसेका पौडेललाई सात दिनभित्र बयान दिन आउन शुक्रबार पत्र थमाएको छ ।

अख्तियारले पौडेललाई पठाएको पत्रमा आयोगले गरिरहेको अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकाले सात दिनभित्र हाजिर हुन आउन निर्देश गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अख्तियारले के विषयमा अनुसन्धान भइरहेको र त्यसमा पौडेललाई बोलाउनुपर्नाको कारण पत्रमा खुलाएको छैन ।