काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेकपा एमालेले संगठनात्मक जिम्मेवारी बाँडफाँड गरेको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई नीति अनुसन्धान प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसैगरी अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । यसैगरी पार्टी सचिव भीमआचार्यलाई पूर्वाञ्चल संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको छ ।
दुई कार्यकाल संविधान सभा अध्यक्षको हैसियतमा बसेका सुवासचन्द्र नेम्वाङले फेरि एमालेमा जिम्मेवारी पाएका छन् । नेम्वाङलाई पार्टी केन्द्रीय कमिटीको सदस्यमा मनोनित गर्दै पार्टी स्थायी कमिटी सदस्यका रुपमा समेत जिम्मेवारी दिइएको सचिव भट्टराईले बताउनुभयो ।
हेर्नुस् एमालेले अन्य के–के निर्णय गर्यो : प्रेस विज्ञप्ति जस्ताको तेस्तै
प्रेस विज्ञप्ति
१. बैठकले तराई–मधेसमा देखिएको समस्यालाई समाधानगर्न र त्यस क्षेत्र र समुदायबाट उठेकामागहरुलाई सम्बोधनगर्न अघिल्लो सरकारले प्रस्तुत गरेको संविधान संशोधनविधेयकको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।साथै प्रदेशको सिमाङ्कन सम्बन्धमा उठिरहेकाविभिन्नआवाजहरु र मान्यतालाई समाधानगर्नको लागि सर्वदलिय राजनीतिक समितिनिर्माण गरी अघि बढ्ने निर्णय ग¥यो ।
२. बैठकले सीमामाभएको भारतीयनाकाबन्दीकाकारण दैनिकजनजीवनमा परेको कठिनाई र समस्यालाई सहजबनाउनतीब्र गतिले बैकल्पिकविकल्पहरु अबलम्बनगर्न सरकारको ध्यानाकर्षण गरेको छ। साथै वर्तमान परिस्थितिको बारेमा छिमेकीमित्र राष्ट्रहरु लगायतअन्तराष्ट्रिय समुदायसँगप्रभावकारी कुटनीतिक पहलकदमीलिन सरकारको गंभिर ध्यानाकर्षण ग¥यो ।
३. बैठकले पार्टीकावरिष्ठ नेताकमरेड झलनाथखनाललाई नीतिअनुसन्धानप्रतिष्ठानको प्रमुख, पार्टी नेताकमरेड माधवकुमार नेतालाई विदेशविभागप्रमुख, पार्टी सचिवकमरेड भीमआचार्यलाई पूर्वाञ्चल संयोजकको जिम्मेवारी दिने निर्णय गर्नुका साथै कमरेड सुवास नेम्वाङलाई पार्टी केन्द्रीय कमिटीको सदस्यमामनोनितगर्दै पार्टी स्थायी कमिटी सदस्यकारुपमा समेतजिम्मेवारी दिनेग¥यो ।
४. बैठकले संविधानको कार्यान्वयनतथा संविधाननिर्माण पश्चातउत्पन्न परिस्थितिका सन्दर्भमा पार्टीको धारणालाई स्पष्ट गर्दै तत्कालीनकार्यभार तथाकार्ययोजनाहरु निश्चितगर्न यहिमंसिर २१ र २२ गते चितवनमा पार्टीको विशेष राष्ट्रिय कार्यकर्ता भेलाआयोजनागर्ने निर्णय ग¥यो ।
योेगेश भट्टराई
प्रमुख
केन्द्रीयप्रचार विभाग












प्रतिक्रिया