काठमाडौं, १८ मंसिर । भारतीय राजदूत रञ्जीतले रेले आफ्नो पदीय मर्यादा नाघ्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेका छन् ।
राजदूतले रेले प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा उपरखुट्टी लगाएर गफ गरेको फोटो सार्वजनिक भएको छ । जहाँ उनले मर्यादा क्रम मिचेको देखिन्छ । यसले प्रधानमन्त्री ओलीको मात्रै नभएरै नेपालकै बेइज्जत भएको छ । राजदूत रे क्यारियर डिप्लोम्याट नै हुन । तर, पनि उनले एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुँदा सीमा नाघे । मर्यादा उल्लघन गरे ।
उसो त राजदूत रे पछिल्लो समय मधेस आन्दोलनका प्रवक्ता नै बनेको सुनिन्छ । बेला बेला नेपालविरुद्ध बोलेर उनी विवादमा समेत आउने गर्छन् । यसरी भारती राजदूतले सीमा नाघेपछि नेपाली जनताले नेताहरुको खुलेरै आलोचना गरेका छन् । राजदूतलाई सीमाभित्र राख्न नसकेको भन्दै आक्रोश पोखिएको छ भने भारतीय राजदूत रेलाई देश निकाला गर्न सर्वसाधारण जनताले माग गरेका छन् ।
एनआरएनका जीवा लामिछाने लेख्छन्-
सोभियत संघमा अध्ययन गर्ने बिदेशी विद्यार्थीहरुले झन्डै १ बर्ष रुसी भाषा सिक्नु पर्थ्यो । एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत बिकाशोन्मुख मुलुकबाट अध्ययन गर्न आउने प्रायः टिनेजर बिद्यार्थीहरुलाई त्यो एक बर्षमा रुसी भाषा मात्र नभएर जीवनजगतका यावत बिषयहरुमा ब्यबहारिक ज्ञान दिने गरिन्थ्यो । यसरी दिईने तालिममा मानिससँग गरिने ब्यबहार, सभ्य भएर बोल्ने, लुगा लगाउने तरिका, कुरा गर्दा कसरि शरीरलाई प्रस्तुत गर्ने लगायत अति सामान्य कुराहरु, जस्तो खाना खाँदा काँटा कसरि प्रयोग गर्ने आदि समेत सिकाइन्थ्यो । मैले त्यो एक बर्षको अध्ययन अबधिमा जीवनजगतका ब्यबहारिक बिषयमा सर्वाधिक कुराहरु सिक्न सकें कि जस्तो लाग्छ ।
डिप्लोम्यासीमा सबैभन्दा महत्वपूर्ण कुरा प्रोटोकल र एट्टीकेटलाई मानिन्छ । भारतीय राजदूत रञ्जीत रे त झन् क्यारियर डिप्लोम्याट नै हुन । एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुनुपर्ने म्यानर यीनलाई थाहा नहुने कुरै भएन । कुनै जमानामा बिहारी जमिन्दार र नेहरुका मित्र तत्कालिन भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहको हेपाहा प्रवृतिबाट आजित भएर बिपी कोइरालाले ‘नेपाललाई बिहारको एक जिल्ला नसम्झ, यो एक सार्बभौम सम्पन्न मुलुक हो’ भनेर झपारेको प्रसंग कतै पढेको थिएँ । तर यी रे साहबलाई सामान्य सिष्टाचार पालन गर्नुपर्ने कुरा त परै जाओस अहिलेको नाकाबन्दी र नेपालका बिषयमा जति पनि झुट बोल्ने छुट हामीले नै दियौं कि जस्तो लाग्छ ।















प्रतिक्रिया