बेल्जियम । लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानको सातौँ वार्षिकोत्सवको सन्दर्भमा आज लुम्बिनी-कपिलवस्तु दिवस अभियान राष्ट्रिय समिति बेल्जियमको आयोजनामा लुभेनको ओन्स हाउसको सभाकक्षमा “अभियानका उपलब्धिहरु र चुनौतीहरु” विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रमका प्रमुख वक्ता लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका विश्व समिति सल्लाहकार प्रा. डा. कविताराम श्रेष्ठले अभियानको सुत्रपात र आवश्यकताको बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका अर्का वक्ता अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले अभियानको हालसम्मका उपलव्धि र आगामी चुनौतीका बारेमा प्रकाश पार्नुभयो । साथै गैर आवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।अन्तरक्रिया कार्यक्रमको सुरुमा अभियानले गरेका विभिन्न समयका उपलब्धिमूलक भिडियो प्रदर्शन समेत गरिएको थियो । अभियानका संयोजक कवि विमल गिरीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सभापतित्व अभियानका बेल्जियम राष्ट्रिय संयोजक डिल्लीराम भण्डारीले गर्नुभएको थियो भने अभियानको संयोजक एवं चितवन सहायता कोष, बेल्जियमकि संस्थापक अध्यक्ष सिता सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
















प्रतिक्रिया