३० आश्विन २०८३, शुक्रबार

नेपाली कलाकार समुहको शारजाह क्षेत्रीय समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uae-Kala
यूएई । गत ०२ डिसेम्बर २०१५ बुधवारका दिन संयुक्त अरब अमीरातको राष्ट्रिय दिवसको अबशर पारेर नेपाली कलाकार समुह (NAG)यूएईले शारजाहमा नेपाली गीत संगीत क्षेत्रका कलाकारहरुको वृहत भेला आयोजना गरि पारस बिस्वकर्माको अध्यक्षतामा १८ सदस्यिय क्षेत्रीय समिति गठन गरेको छ ।
“कला र सास्कृतिक को उत्थान,नेपालीको पहिचान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाली भाषा कला साहित्यको संरक्षण र सम्बर्धन गर्ने हेतुले ११ सेप्टेम्बर २०१५ शुक्रबारका दिन फुजैराहमा एक भब्य सांस्कृतिक कार्यक्रममा चर्चित नायिका रेखा थापा लगायत दर्जनौ राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरु र हजारौ गीत संगीत प्रेमीहरुको उपस्तिथिमा चर्चित नायक आर्यन सिग्देलको हातबाट उद्घाटन भएर गठन भएको नेपाली कलाकार समुह (NAG)ले संस्थाका संरक्षक रतन थापाको प्रमुख अतिथ्यतामा र दुबई क्षेत्रीय समितिका अध्यक्ष राम प्रशाद ढकाल, सदस्य दिपक ढकालको बिशेष उपस्थितिमा सो क्षेत्रीय समिती गठन गरिएको हो ।
नेपाली कलाकार समुह (NAG)ले गठन भएको तीन महिना नपुग्दै यूएईमा आफ्ना तीन क्षेत्रीय समिती गठन गर्नुका साथसाथै बिभिन्न सांस्कृतिक कार्यक्रम तथा समाज सेवाका काम गर्दै आएकोमा खुशी ब्यक्त गर्दै संस्थाका संरक्षक रतन थापाले नयाँ समतिलाई बधाई तथा शुभकामना दिदै नेपाली कलाकार समुह (NAG) यूएईका सम्पूर्ण प्रान्तहरुका साथसाथै यूएई बाहिरका अन्य देशमा पनि बिस्तार गरिने जानकारी दिए ।
नवगठित समितिका अध्यक्ष बिस्वकर्माले आफु (NAG)मा जुड्नु पाउदा अति खुशी भएको जिज्ञासा राख्दै आउदा दिनहरुमा शारजाहमा रहेका सम्पूर्ण कलाकार र नेपालीहरुलाई एकजुट गरेर अघाडि बढ्ने कुरामा जोड दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै दुबई क्षेत्रीय समितिका अध्यक्ष राम प्रशाद ढकालले नेपाली कलाकार समुह (NAG)ले २० नोवेम्बर बरदुबैमा सदाबाहार नायक भुवन केसी र युवा नायक अनमोल केसीको उपस्तिथीमा भएको ‘कलाकार परिचयात्मक तथा सांस्कृतिक कार्यक्रम’ भब्यताका साथ सफल पार्नु हुने सबैलाई धन्यवाद दिदै आउँदा दिनमा पनि (NAG)ले सांस्कृतिक कार्यक्रम गर्नुका साथै समाज सेवाका कामहरुलाई निरन्तरता दिने जिज्ञासा राख्दै नवगठित क्षेत्रीय समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
अध्यक्ष पारस बिस्वकर्माको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको कार्यसमिती चयन भएको छ ।
अध्यक्ष श्री पारस बिस्वकर्मा
उपाध्यक्ष श्री विष्णुकान्त घिमिरे
महासचिव श्री के.पी. लामगडे
सचिव श्री अर्जुन न्यौपाने
सहसचिब श्री उत्तम तामाङ
कोषाध्यक्ष श्री तारा प्रसाद अर्याल
सहकोषाध्यक्ष श्री सपना पुलामी मगर
सांस्कृतिक संयोजक श्री सुनिता लामगडे
सदस्य संयोजक श्री हिमकला लोहार
सदस्यहरुमा
श्री आस्था दास
श्री हुमलाल पाण्डे
श्री दिपेन्द्र गिरी
श्री पुजा पुरी
श्री मोकुल बर्देबा
श्री रिमा सुनार
श्री समर राना
बरिष्ठ सल्लाहाकार
श्री रोहित पुरी
र सल्लाहाकारमा
श्री कृष्ण भटराई रहनु भएको छ ।